किसानका पीडा; आधुनिक यन्त्र नहुदा परम्परागत हलो र महँगो जनशक्ति प्रयोग गर्न बाध्य

बोलन्या थली | २२ आश्विन २०७७, बिहीबार
किसानका पीडा; आधुनिक यन्त्र नहुदा परम्परागत हलो र महँगो जनशक्ति प्रयोग गर्न बाध्य

धनगढी २२ असोज/ डि आर पनेरु
पहाडी जिल्लामा आधुनिक कृषि यन्त्र नहुदाँ परम्परागत हलो जोतेर र महँगो जनशक्ती प्रयोग गरेर खेतीपाती गर्नु पर्ने बाध्यता रहेको छ । आधुनिक कृषि यन्त्रको प्रयोगमा किसानलाई खेतीपाती गर्न छिटो र सहज हुने भएपनि पहाडी जिल्लाहरुमा आधुनिक कृषि यन्त्र नहुदाँ किसानहरुले बर्खे धान खेती, हिउँदे बाली वा तरकारी खेती परम्परागतबाट लगाउन बाध्य भएको किसानले बताएका छन् ।


डडेल्धुराको गन्यापधुरा वडानम्बर १ का प्रसाद अवस्थीले भागेश्वर कृषि तथा पशुपंक्षी फर्म संचालन गरेर चार सय रोपनीमा तरकारी खेति लगाएका छन् । तर आधुनिक यन्त्र उपकरणको प्रयोग गरी बढी भन्दाबढी उत्पादन वृद्धि गर्ने उनको लक्ष्य भएपनि यन्त्र प्रभावकारी नहुदाँ खनजोतका लागि पशुचौपायाबाट परम्परागत हलो र महँगो जनशक्ती प्रयोग गर्न बाध्यता रहेको भागेश्वर कृषि तथा पशुपंक्षी फर्मका संचालक अवस्थीले गुनासो गरे ।“एक दिनभरी परम्परागत हलो जोतेर गरेको काम प्रबिधिबाट एक घण्टामा काम गर्न सकिन्थ्यो । न हलो जोत्ने मानिस भेटाइन्छ, न काम गर्ने मानिस नै भेटिईन्छ, काम गर्न मानिसलाई पनि महँगो ज्याला दिएर ल्याउनु पर्ने बाध्य छ ।” उनले भने,“कृषि आधुनिकरणका नाममा ठुलाठुला भवन निर्माण गर्ने, गोष्टी,समारोह गरेर बजेट सक्नु भन्दा कृषिको बिऊबिजन,तालिम,आधुनिक यन्त्र हामी किसानलाई आवश्यक छ, तर राज्य यस बारे कुनै चासो नै दिदैन् ।”


सरकारले आधुनिक कृषि औजार प्रयोग गरी कृषि पेसालाई बढवा दिन कृषकलाई ५० प्रतिशतसम्म अनुदानमा आधुनिक यन्त्र (हाते ट्याक्टर) दिएपनि ३ महिनामै बिग्रेएको उनले बताए । बिगे्रका हाते ट्याक्टर बनाउने कुनै व्यबस्था नरहेको र उपकरण नपाउदाँ समस्या रहेको भागेश्वर कृषि तथा पशुपंक्षी फर्मका संचालक अवस्थीले बताए ।
कृषिलाई आधुनिकीकरण गर्न नसक्दासम्म युवा पुस्तालाई आधुनिक रुपमा कृषि पेसामा आत्मनिर्भर बन्न सक्दैनन् ।

जनाअवजको टिप्पणीहरू